सभामुखमा उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय
१९ चैत्र, २०८२, बिहिवार
- विहिबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सभामुखको रुपमा अर्याललाई अगाडी सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
विहिबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सभामुखको रुपमा अर्याललाई अगाडी सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
सभामुखको निर्वाचन चैत्र २२ गते हुदैछ । प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेकाले अर्याल सभामुख बन्ने तय नै रहेको छ ।
सभामुख बन्ने भएसँगै अर्यालले रास्वपाको साधारण सदस्यताबाट समेत राजीनामा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।