- उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई धुम्बराहीस्थित घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।
काठमाडौं: लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।
उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई धुम्बराहीस्थित घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।
शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । बालिकालाई बालश्रममा राखेको पाइएपछि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो । शर्माविरुद्धको जाहेरी परेपनि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’