लेखकलाई अदालतमा उपस्थित गराइयो

२०८२ चैत्र १५ आइतवार
सारांश
  • यसअघि लेखकलाई सरकारी वकिलको कार्यालय लगिएको थियो ।

काठमाडौँ: पुर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।

 

शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार बिहान बबरमहलस्थित जिल्ला अदालत काठमाडौँमा पेश गरिएको हो । यसअघि लेखकलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । 

 

त्यस्तै शनिबार नै पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत पेश गरिदैछ । शनिबार बिहान पक्राउ परेका ओली भने शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर बसेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार