ओली-देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तयारी
२०८२ चैत्र १५ आइतवार
- प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालको ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित घरमा आगलागी हुँदा नगद भेटिएको थियो ।
जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम प्रहरीले राजनीतिक दलका नेता र तीनको सघन समूहका सदस्यमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार जेन-जी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा केही नेताको घरमा रकम भेटिएको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानलाई पूर्णता दिँदै थपमाथि पनि प्रहरी अनुसन्धान अगाडि बढ्न लागेको हो । आइतबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सोही अनुसन्धानका सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारका सदस्यसहित उनको सचिवालयका केही व्यक्तिमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले नेपाल प्रेसलाई बतायो ।
जेन-जी आन्दोलनकै क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा रकम फेला परेको थियो । आगोले नष्ट हुन बाँकी उक्त रकमको मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालको ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित घरमा आगलागी हुँदा नगद भेटिएको थियो ।
यससँगै नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका केही व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने भएको प्रहरी स्रोतले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।