निर्वासित 'तिब्बत सरकार'ले दियो प्रधानमन्त्री बालेनलाई बधाई

२०८२ चैत्र १५ आइतवार
सारांश
  • पत्रमा उनले नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

निर्वासित 'तिब्बत सरकार'का तर्फबाट सिक्योङ पेन्पा छिरिङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । नेपालको प्रधानमन्त्री भएकोमा उनले बालेनलाई बधाई दिएका हुन् ।

 

आफ्नो बधाईपत्रमा सिक्योङले लेखेका छन्, “हालै जेन–जेडको नेतृत्वमा भएको आन्दोलन पछि सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा तपाईंको उदय, नेपालका जनता, विशेष गरी युवा पुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकको रूपमा खडा छ ।”

 

पत्रमा उनले नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध रहेको उल्लेख गरेका छन् । यो सम्बन्धलाई नेपालमा रहेका तिब्बती समुदायले अझ बलियो बनाएको उनले जनाएका छन् ।

 

तिब्बत कब्जा भएपछि नेपाल आएका तिब्बती शरणार्थीले आफ्नो तिब्बती पहिचानलाई संरक्षण गर्दै नेपालको सामाजिक र आर्थिक संरचनामा योगदान पुर्‍याएको दाबी उनले गरेका छन् ।

 

“यो नेपाल सरकार र जनताको उदारताले सम्भव भएको हो, जसको लागि हामी आभारी छौँ,” पत्रमा लेखिएको छ, “तपाईंको सक्षम नेतृत्वमा, हामी हाम्रा जनता बीचको मित्रताको निरन्तर सुदृढीकरणको लागि तत्पर छौँ र नेपाल प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अगाडि बढ्ने आशा गर्दछौँ ।”

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार