सेनाद्वारा ओलीलाई दिईएको त्यो दुई विकल्प

११ चैत्र, २०८२, बुधवार
सारांश
  • नेपाली सेना संवैधानिक र कानुनी प्रक्रिया पूरा भएपछि मात्र परिचालन हुन्छ।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल ले भदौ २३ को आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई दुई विकल्प सुझाएको खुलासा भएको छ।  

 

जेन–जी घटना जाँचबुझ आयोगसमक्षको बयानमा सिग्देलले भदौ २४ गते बिहान प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्रीले सुझाव मागेको बताएका छन्।

 

उनका अनुसार पहिलो विकल्प— थप मानवीय क्षति रोक्न राजनीतिक समाधानतर्फ जाँदै प्रधानमन्त्रीको राजीनामा उपयुक्त हुन सक्ने, र दोस्रो— संवैधानिक रूपमा सिफारिस भएमा नेपाली सेना परिस्थिति नियन्त्रणका लागि पूर्ण रूपमा तयार रहने।

 

सिग्देलले भदौ २२ कै सुरक्षा बैठकमा आन्दोलन व्यापक हुन सक्ने जानकारी आएको भए पनि राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबसेकाले विशेष रणनीतिक छलफल हुन नसकेको बताए।

 

उनले स्पष्ट पारेका छन्— नेपाली सेना संवैधानिक र कानुनी प्रक्रिया पूरा भएपछि मात्र परिचालन हुन्छ।

 

सिंहदरबार, राष्ट्रपति र प्रधानमन्त्री निवास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, इन्धन डिपो, कारागार जस्ता संवेदनशील संरचना जोगाउन सेनाले संयमित भूमिका खेलेको दाबी पनि उनले गरेका छन्।

 

सुरक्षा निकायबीच समन्वयको अभाव रहेको आरोप अस्वीकार गर्दै, सेनाकै दमकलले सिंहदरबारका डाटा सेन्टरमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार