रास्वपाले वरिष्ठ नेता बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने

६ चैत्र, २०८२, शुक्रवार
सारांश
  • १२ गते नै नवनिर्वाचित सांसदहरुको शपथपछि बालेनले प्रधानमन्त्रीको रुपमा चैत्र १३ गते शपथ लिने तयारी समेत भएको बताइएको छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत संसदीय दलको नेता बनाउने भएको छ ।

 

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ । पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूके सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको छ । उक्त सहमति अनुमोदनका लागि १२ गते  केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

 

१२ गते नै नवनिर्वाचित सांसदहरुको शपथपछि बालेनले प्रधानमन्त्रीको रुपमा चैत्र १३ गते शपथ लिने तयारी समेत भएको बताइएको छ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार