सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

५ चैत्र, २०८२, बिहिवार
सारांश
  • रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् ।

काठमाडौँ: निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु सरकार गठनको छलफलमा जुटेका छन् ।

 

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् ।

 

आयोगले निर्वाचन प्रतिवेदन राष्टपतिलाई बुझाएपछि सरकार गठनको बाटो खुलेको छ । अब रास्वपाले सांसदहरुको शपथ अघि नै सरकार गठन गर्छ या संघीय संसद सचिवालय तय गरेको चैत्र १२ गतेको शपथ गराउने मितिसम्म पर्खिन्छ भन्ने स्पष्ट भएको छैन ।

 

यसअघि २०७४ सालको निर्वाचनपछि केपी शर्मा ओलीले संसदहरुको शपथ अघि नै सरकार निर्माण गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार