गगन थापाको राजीनामाप्रति सुर्य थापाको टिप्पणी- स्टन्ट र मिडिया ट्रायल
५ चैत्र, २०८२, बिहिवार
- थापाका अनुसार यस विषयमा आधिकारिकता पुष्टि गर्नुपर्ने पक्ष नै बेखबर देखिएको र राजीनामा बुझाएको भनिएका उपसभापति समेत अन्योलमा रहेको स्थिति छ भन्दै यस्तो अवस्थाले यो प्रकरण गुटगत मिलेमतो जस्तो देखिएको टिप्पणी गरेका छन् ।
काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले काँग्रेस सभापति गगन थापाको राजीनामा प्रकरणलाई ‘स्टन्ट र मिडिया ट्रायल’ को संज्ञा दिएका छन् ।
उनले राजीनामा दिएको भन्ने कुरा आधिकारिक रूपमा पुष्टि नभएको भन्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्- 'राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो भनेको पाइदैन, राजीनामाको ओैपचारिक पत्रसमेत सार्वजनक पनि छैन।आधिकारिता पुष्टि गर्नुपर्ने प्रवक्ता बेखबर र बुझाएको/दिएको भनिएका उपसभापति बिलखमन्दमा परेका छन् । त्यसैले यो फगत स्टन्ट, फण्डा, मिडिया ट्रायल र गुटगत मिलोमतोजस्तो मात्रै देखिन्छ ।'
थापाका अनुसार यस विषयमा आधिकारिकता पुष्टि गर्नुपर्ने पक्ष नै बेखबर देखिएको र राजीनामा बुझाएको भनिएका उपसभापति समेत अन्योलमा रहेको स्थिति छ भन्दै यस्तो अवस्थाले यो प्रकरण गुटगत मिलेमतो जस्तो देखिएको टिप्पणी गरेका छन् ।
काँग्रेसको लामो राजनीतिक इतिहासतर्फ संकेत गर्दै उनले यो घटनालाई 'बचकनापनको भद्दा मजाक' जस्तो भएको आरोप लगाए ।
यदि वास्तवमै राजीनामा दिएको हो भने सम्बन्धित पक्षले तुरुन्तै आधिकारिक जानकारी सार्वजनिक गर्नुपर्ने बताउदै उनले नैतिकता, पारदर्शिता र जवाफदेहितासँगै कुनै पनि निर्णयको आधिकारिक पुष्टि आवश्यक हुने उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’