प्रधानमन्त्री कार्कीले स्वकीय सचिव श्रेष्ठलाई बनाइन् प्रकृति संरक्षण कोषको अध्यक्ष

१ चैत्र, २०८२, आइतवार
सारांश
  • ऐनबहादुर शाहीको राजीनामापछि रिक्त स्थानमा पाँच वर्षका लागि श्रेष्ठलाई मनोनयन गरिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी छिन्। 

 

ऐनबहादुर शाहीको राजीनामापछि रिक्त स्थानमा पाँच वर्षका लागि श्रेष्ठलाई मनोनयन गरिएको हो।

 

सिन्धुली निवासी श्रेष्ठसँग सर्वोच्च अदालतको प्राविधिक कर्मचारीका रूपमा काम गरेको अनुभव छ। प्रधानमन्त्रीको विश्वासपात्र मानिने उनले श्रीमतीलाई समेत सचिवालयमा नियुक्ति दिलाएको विषयमा पहिले विवाद उत्पन्न भएको थियो। कोषको संरक्षकका हैसियतमा प्रधानमन्त्रीले उनलाई यो नयाँ जिम्मेवारी सुम्पेकी हुन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार