सुशिला कार्कीलाई राष्ट्रपति बनाउन महावीर पुनको प्रस्ताव
२०८२ फाल्गुण २४ आइतवार
- पुनले भिडियो सन्देश जारी गर्दै वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
काठमाडौँ: पूर्व शिक्षामन्त्री महावीर पुनले सुशिला कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।
पुनले भिडियो सन्देश जारी गर्दै वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
उनले सन्देशमा भनेका छन्- 'मेरो अन्तर हृदयले प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हालको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको कार्यकाल सकिए पछि राष्ट्रपति बनाउनु पर्छ भनेर भनिरहेको छ । किनभने उहाँले साहसपुर्वक देशलाई अत्यन्तै संकटपूर्ण स्थितिबाट निकास दिन नेतृत्व गर्नुभयो । मैले चापलुसी गरेको पटक्कै होइन । कसैले अन्यथा नसम्झनु होला । मनमा लागेको कुरा भनेको मात्र हो ।'
पुनले हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’