महाकाली सन्धि बारे नाम जोडिएको भन्दै पूर्वसभामुख घिमिरेको स्पष्टीकरण
२०८२ फाल्गुण १५ शुक्रवार
- पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण दिएका छन् ।
काठमाण्डौ, १५ फाल्गुण । पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण दिएका छन् ।
शुक्रबार घिमिरेले सन्धि बारे गलत बुझाइ फैलाइएको उल्लेख गर्दै आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् । उक्त समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको उनले बताएका छन् ।
घिमिरेले केही व्यक्तिले जानाजानी भिडियो बनाएर गलत प्रचार गरिएको दाबी गर्दै पछि त्यसलाई राजनीतिक प्रचार सामग्रीका रूपमा प्रयोग गरिएपछि स्पष्टीकरण दिन बाध्य भएको बताए । सन्धिबारे पार्टीभित्र भएको बहसमा सहभागी हुनु बाहेक आफ्नो कुनै भूमिका नरहेको उनको भनाइ छ ।
उनले भनेका छन्- 'म स्पष्ट पार्न चाहन्छु - कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदमा थिइनँ । लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ । पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौं । भएको यत्ति हो । पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साह्रै दिग्दारी लागेको छ ।'
लामो समयदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले राजनीति सेवा गर्ने माध्यम भएको र पद वा लाभका लागि राजनीति नगरेको समेत बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’