रौतहटमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
१० फाल्गुन, २०८२, आइतवार
- फागुन ७ गते राति करिब ९:४५ बजे सुरु भएको सामान्य विवाद समाधानका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसपछि फागुन ८ गते दुवै पक्षका प्रतिनिधिबीच छलफल भई ६ बुँदे सहमति गरिएको थियो ।
रौतहट: गौर नगरपालिका–६ सबगढा गाउँमा देखिएको दुई समुदायबीचको विवादपछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सर्वपक्षीय बैठकले जिल्लाभर सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक अपिल जारी गरेको छ ।
फागुन ७ गते राति करिब ९:४५ बजे सुरु भएको सामान्य विवाद समाधानका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसपछि फागुन ८ गते दुवै पक्षका प्रतिनिधिबीच छलफल भई ६ बुँदे सहमति गरिएको थियो । तर फागुन ९ गते बिहानैदेखि अवस्था पुनः जटिल बन्दै गएपछि सम्भावित जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयानुसार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।
आइतबार बसेको सर्वपक्षीय बैठकले घटनाप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण वातावरण पुनःस्थापना गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने निर्णय गरेको छ । बैठकले स्थानीय भद्रभलादमी तथा अगुवाहरूको उपस्थितिमा औपचारिक-अनौपचारिक संवादमार्फत समस्या समाधानको पहल अघि बढाउने जनाएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय घटनालाई जिल्लासँग जोडेर भ्रामक प्रचारप्रसार गर्ने कार्यप्रति निगरानी बढाउने र आवश्यक परे कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय पनि गरिएको छ । घटनामा संलग्न देखिएका व्यक्तिमाथि अनुसन्धान जारी रहेको र दोषी ठहरिए कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
जिल्लाभर धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्ने उद्देश्यले फागुन ११ गते बिहान ७: ३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्याली आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले द्वन्द्वबाट हुने क्षति सबैको साझा क्षति हुने भएकाले आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्दै शान्ति स्थापना गर्न सम्पूर्ण जिल्लावासीसँग हार्दिक अपिल गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।