चैत्रको पहिलो साता काँग्रेसको बहुमतको सरकार बन्छ- गगन थापा

७ फाल्गुन, २०८२, बिहिवार
सारांश
  • बिहीबार काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले चैत्रको पहिलो साता काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै बैशाख १ गते नेपालको नाममा सम्बोधन गर्दै ५ वर्षको प्रतिज्ञा सार्वजनिक गर्ने बताए ।

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को चुनावपछि काँग्रेसको बहुमतको सरकार बन्ने दाबि गरेका छन् । 

 

बिहीबार काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले चैत्रको पहिलो साता काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै बैशाख १ गते नेपालको नाममा सम्बोधन गर्दै ५ वर्षको प्रतिज्ञा सार्वजनिक गर्ने बताए ।

 

उनले एउटा कुनै व्यक्तिले मात्र नेपालमा चमत्कार गर्न नसक्ने बताउदै कांग्रेसले टिम नेपाल बनाएर आफ्ना प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गर्ने बताए । 

 

उनले केन्द्रमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गर्दै सांसदको संख्या समेत घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

 सभापति थापाले भ्रष्टाचार अन्त्य गर्न र सरकारलाई जवाफदेही बनाउन आयोग बनाएर २०४८ सालेदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए । कार्यक्रममा बोल्दै आफुहरुले कुन कुन कानुन संशोधन गरेर आफुहरुले प्रतिज्ञा गरेका विषय कार्यान्वयन गर्न सकिन्छ भन्ने तयारी गरेको बताए ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार