चर्चित निर्वाचन क्षेत्र: सप्तरी-३ को चुनावी गणित, उपेन्द्र यादवलाई कस्तो छ चुनौती ?
२०८२ माघ २७ मङ्गलवार
- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर ३ पनि चर्चामा रहेको छ ।
काठमाण्डौ, २७ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर ३ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
सप्तरीको क्षेत्र नम्बर ३ मा रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका, शम्भुनाथ नगरपालिका र डाक्नेश्वरी नगरपालिका समावेश रहेका छन् ।
निर्वाचन आयोगका अनुसार सप्तरी-३ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ११ हजार ८७१ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १४४ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेश कुमार यादव विजयी भएका थिए । उनले २६ हजार १६६ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो स्थानमा रेका एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत प्राप्त गरेका थिए । त्यस्तै जनमतका अनिश अन्सारीले १५ हजार ११४ मत पाएका थिए ।
त्यस्तै २०७९ मा समानुपातिकतर्फ भने जनमत पार्टीले यस क्षेत्रबाट १८ हजार ३४० मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले १८ हजार २४९ मत पाएको थियो । त्यस्तै गरि जसपा नेपालले १० हजार १५३ मत पाएको थियो भने एमालेले ९ हजार ५९४ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरेर २२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यस पटक सप्तरी-३ मा उम्मेदवार बनेका छन् । यादव २०७९ को निर्वाचनमा सप्तरी-२ मा जनमतका सिके राउतसँग पराजित भएका थिए । त्यसपछि यादव २०८० मा भएको उपनिर्वाचनमा बारा-२ बाट उम्मेदवार बन्दै जित हासिल गर्दै प्रतिनिधि सभामा पुगेका थिए ।
त्यस्तै यस क्षेत्रबाट काँग्रेसबाट दिनेश कुमार यादव फेरी उम्मेदवार बनेका छन् भने एमालेबाट पनि ताराकान्त चौधरी दोहोरिएका छन् । त्यस्तै यस क्षेत्रमा नेकपाबाट अरुण कुमार शाह, रास्वपाबाट अमर कान्त चौधरी र जनमतबाट सुरेन्द्र [प्रसाद शर्मा उम्मेदवार बनेका छन् ।
निष्कर्ष:
अघिल्लो निर्वाचनमा माओवादी, काँग्रेस र जसपा नेपालको गठबन्धन भएकाले काँग्रेसले यस क्षेत्रमा सहज जित हासिल गरेको थियो । तर यस पटक सबै दलबाट उम्मेदवार रहेकाले सबैलाई मत बाडिने देखिएको छ । २०७९ को समानुपातिक मतलाई आधार मान्दा जनमत र काँग्रेसको मत लगभग बराबर रहेको छ ।
उपेन्द्र यादवको व्यक्तिगत प्रभाव बढी रहेकाले उनको यस क्षेत्रमा उम्मेदवारी पछि जसपाको मत बढ्ने त हुन्छ नै तर बलियो अवस्थामा रहेका जनमत र काँग्रेससँगको चुनौतीको सामना भने गर्नुपर्ने नै देखिन्छ । काँग्रेस सभापति गगन थापा मधेशमा उम्मेदवार बनेपछि पर्ने प्रभाव र देशभर देखिएको रास्वपाको प्रभावको सामना यादवले कसरी गर्छन भन्ने हेर्न बाँकी छ ।
यसरी हेर्दा यस क्षेत्रमा जसपा नेपाल, काँग्रेस र र जनमतबीच प्रतिष्पर्धा हुने देखिएको छ । रास्वपाको पक्षमा यस क्षेत्रमा मतदाता खुल्नेक्रममा नै रहेकाले उनीहरुको मत कति हुन्छ, उनीहरु प्रतिष्पर्धामा वा जित्ने अवस्थामा आउछन् या आउदैनन अहिले नै भन्ने अवस्था रहेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।