उपचारका लागि घरखेत बेच्नुपर्ने अवस्था अन्त्य गर्न गगन थापाको ५ वर्षे गुरुयोजना
२०८२ माघ २५ आइतवार
- विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपचारमा नागरिकको व्यक्तिगत खर्च २० प्रतिशतको हाराहारीमा हुनुपर्ने भए तापनि नेपालमा यो ५७ प्रतिशतभन्दा बढी रहेको उनले बताए।
काठमाडौँ: नेपाली कांग्रेसका सभापती एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपालको स्वास्थ्य बीमा प्रणालीलाई पुनर्जीवित गर्न र स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याउन एक विशेष '५ वर्षे गुरुयोजना' सार्वजनिक गरेका छन्।
एक भिडियो सन्देश जारी गर्दै थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकारका रूपमा नभई नागरिकको मौलिक हक र सुरक्षाको रूपमा हेरिनुपर्नेमा जोड दिएका छन्। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई 'राष्ट्रिय गौरवको आयोजना'का रूपमा अघि बढाउने संकल्प समेत व्यक्त गरे।
पूर्व स्वास्थ्यमन्त्री थापाले नेपालको स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्च भयावह रहेको उल्लेख गरे। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपचारमा नागरिकको व्यक्तिगत खर्च २० प्रतिशतको हाराहारीमा हुनुपर्ने भए तापनि नेपालमा यो ५७ प्रतिशतभन्दा बढी रहेको उनले बताए।
"मैले यस्ता धेरै नागरिक भेटेको छु, जसले पैसा नभएकै कारण उपचार बीचमै छोड्नुपर्यो वा उपचार गर्दागर्दै घरखेत र भएको सम्पत्ति सबै सकियो," थापाले भने, "धेरै मेहेनतले गरिबीबाट बाहिर निस्केको परिवारमा एकजनालाई कडा रोग लाग्ने बित्तिकै फेरि गरिबीमै फर्किनुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्य हुनैपर्छ।"
हाल अस्तव्यस्त रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार्न थापाले चारवटा मुख्य बुँदाहरू अघि सारेका छन्:
१. अनिवार्य बीमा र विशिष्ट कर: प्रत्येक नेपाली नागरिकलाई अनिवार्य रूपमा बीमामा आबद्ध गराइनेछ। यसका लागि मदिरा र चुरोट जस्ता हानिकारक वस्तुमा 'विशिष्ट कर' लगाएर त्यसबाट प्राप्त रकम बीमा कोषमा जम्मा गरिनेछ। गरिब, असहाय र ज्येष्ठ नागरिकको प्रिमियम राज्यले नै तिर्ने व्यवस्था गरिनेछ।
२. एकीकृत सामाजिक सुरक्षा: छरिएर रहेका स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एउटै छातामुनि (स्वास्थ्य बीमा अन्तर्गत) ल्याइनेछ।
३. प्रणालीगत र संरचनागत सुधार: तीन तहको सरकारबीच समन्वय गर्दै प्राथमिक, माध्यमिक र विशिष्टीकृत उपचार सेवालाई एकीकृत गरिनेछ। नागरिकले कुन तहको अस्पतालमा कसरी उपचार पाउने भन्ने कुरा प्रष्ट पारिनेछ।
४. डिजिटल र पारदर्शी सुशासन: बीमामा हुने भ्रष्टाचार र चुहावट रोक्न 'रियल टाइम' डिजिटल प्रणाली लागू गरिनेछ। दाबी भुक्तानीलाई समयमै र पारदर्शी बनाउन प्रविधिको प्रयोगमा जोड दिइनेछ।
५ पाँच वर्षभित्रको लक्ष्य: "उपचारका लागि खल्ती छाम्नु नपर्ने"
थापाले निर्वाचनपछिको पाँच वर्षभित्र स्वास्थ्य बीमालाई यसरी व्यवस्थित गरिने बताउनुभयो कि नागरिकले केही 'नेगेटिभ लिस्ट' बाहेकका सबै उपचार बीमाबाटै पाउनेछन्। उनले योजना अनुसार पाँचौँ वर्षमा पुग्दा कुनै पनि नेपालीले "पैसा नभएका कारण मेरो उपचार भएन" भन्नुपर्ने छैन र उपचारकै लागि घरखेत बेच्नुपर्ने स्थितिको पूर्ण अन्त्य हुनेछ।
राजनीतिक प्रतिबद्धता
सभापती थापाले यस योजनालाई नेपाली कांग्रेसको मुख्य एजेन्डाको रूपमा प्रस्तुत गर्दै भने, "यो मेरो र मेरो पार्टीको प्रतिबद्धता हो। हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्नेछौँ र राज्यको जिम्मेवारी पूरा गर्नेछौँ।"
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।