पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
२०८२ माघ २० मङ्गलवार
- नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन नभएको भन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमाले मात्र भएको पनि उनको भनाई छ ।
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पूराना पार्टीका सानातिना कमी कमजोरीहरुलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए ।
साथै, उनले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि बताए ।
उनले भने, ‘पूराना पार्टीहरु असान्दर्भिक भयो भन्ने जुन हल्ला आइ रहेको छ । त्यो गलत हो । पूराना पार्टीका सानातिना कमि कमजोरीहरुलाई बहाना बनाएर, त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेको छ । नेपालको राजनीतिक व्यवस्था माथि आक्रमण भइरहेको छ ।’
यस्तै, उनले वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरुको आफ्नो पार्टीलाई साथ र समर्थन गर्ने विश्वास लिएको बताए ।
उनले भने, ‘अहिले नेपालको स्वाधिनता सबैभन्दा महत्वपूर्ण विषय हो । नेपाल रहे मात्र हामी रहने हो, नेपाल स्वतन्त्र भए स्वतन्त्र हुने हो । त्यसकारण स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरुको साथ र समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने विश्वास छ ।’
साथै, नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन नभएको भन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमाले मात्र भएको पनि उनको भनाई छ ।
उनले भने, ‘हामीसँग अनुभव, परिपक्कता, ठोस नीति, कार्यक्रम र मुलुकलाई चलाउन सक्ने हिम्मत र अठोट पनि छ । हामी अरु पार्टीभन्दा भिजनरी पनि छांै । त्यसकारण मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी पनि हाम्रो पार्टी हो । नेपाली काङ्ग्रेसको कुरा गर्ने हो नयाँ अनुहारहरु छन् तर नयाँ नीति र भिजन भने छैन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।