प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने काँग्रेसका पूर्वसांसदको कार्यक्रम स्थगित
२०८२ माघ १५ बिहीवार
- प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने कार्यक्रम स्थगित भएको छ ।
काठमाडौँ: नेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने कार्यक्रम स्थगित भएको छ ।
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतलाई भेट्ने कार्यक्रम रहेको थियो । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने बताए पनि सो कार्यक्रम स्थगित भएको बताइएको छ ।
घिमिरेको नेतृत्वमा काँग्रेसका पुर्व सांसदहरुले संसद् पुनर्स्थापनाका रिट निवेदन दिएका थिए । पूर्व सांसदहरूको टोलीले सर्वोच्चमा एमालेका सांसदलाई पनि सूचना दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’