विप्लवको प्रचण्डलाई जवाफ- एकताको चर्चा जालझेलको बासी र असफल हुइयाँ

२०८२ माघ १५ बिहीवार
सारांश
  • प्रचण्डले बुधबार विप्लवलाई अब यताउता नलागेर एकतामा आउन गरेको आव्हानको जवाफ दिदै विप्लवले आफ्नो धारणा राख्दै यस्तो जवाफ दिएका हुन् ।

काठमाडौँ: नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिदै कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताएका छन् ।

 

प्रचण्डले बुधबार विप्लवलाई अब यताउता नलागेर एकतामा आउन गरेको आव्हानको जवाफ दिदै विप्लवले आफ्नो धारणा राख्दै यस्तो जवाफ दिएका हुन् ।  

 

विपल्वले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै उनले मालेमाओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको उल्लेख गरेका छन् ।

 

उनले भनेका छन्:

कम्युनिस्ट आन्दोलन बारे हाम्रो स्पष्ट धारणा छ:-

१) सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्य । 

२) सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता र 

३) मालेमावादी पार्टीको सुदृढीकरण ।

आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र  हो‌ । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छ । अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र हो । आउदो भविष्यले अवश्य सावित गर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार