सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश
२०८२ माघ १४ बुधवार
- गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन् ।
सर्लाही : सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन् ।
उनीहरुले सभापति थापालाई सर्लाही ४ मा जिताउने प्रतिबद्धता व्यक्त गर्दै काँग्रेसमा प्रवेश गरेको बताएका छन ।
गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, वडा नम्बर ५ का अध्यक्ष जसपा नेपाल तथा वडा नम्बर ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै कार्यक्रममा गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन् ।
सर्लाही-४ मा सभापति थापाको प्रतिष्पर्धा रास्वपाबाट उम्मेदवार बनेका डा. अमरेश कुमार सिंहसँग हुदैछ । उनी यसै क्षेत्रका निवर्तमान सांसद हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’