पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ- महासचिव पोखरेल

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुश्मन ठान्ने बताएका हुन् ।

काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने बताएका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुश्मन ठान्ने बताएका हुन् ।

 

उनले भनेका छन्- पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ, एनार्किजमले व्यवस्था नै दुश्मन ठान्छ, दुवै मिल्दा राज्य कमजोर हुन्छ, नागरिक विभाजित हुन्छन्, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन, हामीले आलोचनात्मक सोच अपनाउनुपर्छ, तथ्य र भावनालाई छुट्याउनुपर्छ, असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्छ ।'

 

उनले राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो भन्दै संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु भएको बताएका छन् । समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा रहेको उल्लेख गर्दै महासचिव पोखरेलले यी सबै उद्देश्यका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो पर्ने र चुनाव त्यो उद्देश्य प्राप्तिको अवसर भएको टिप्पणी गरेका छन् ।

 

उनले शक्ति राष्ट्रहरु बीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्था नै खलवलिएको बताउदै संयुक्त राष्ट्र संघ र विश्वसंस्थाहरु आफै उपेक्षित बनाइएको र विश्वव्यापी रुपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको टिप्पणी गरेका छन् । साथै भूराजनीतिक द्वन्द्ववाट मुलुकलाई जोगाउन बंगलादेश वा युक्रेन बन्न नदिनु भनेको डर फैलाउनु नभएको भन्दै चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति भएको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार