कांग्रेसको जनकपुरधाममा हुने भनिएको मधेस सभा स्थगित

२०८२ माघ ११ आइतवार
सारांश
  • मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरेको हो ।

जनकपुरधाम : नेपाली काँग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनेको मधेस सभा स्थगित गरेको छ ।

 

मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरेको हो । उनले भनेका छन्- 'निर्वाचन आयोगको आचारसंहिताका कारण यही माघ १६ गते जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको विशाल मधेस सभा कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराइन्छ ।'

 

उनले कार्यक्रमको नयाँ मिति र तालिका पछि सार्वजनिक गरिने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार