महावीर पुन चुनाव लड्दै, म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
२०८२ माघ ०६ मङ्गलवार
- सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए ।
पोखरा: शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका छन् ।
यसअघि आफु उम्मेदवार नबन्ने बताउदै आएका पुनले अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी समेत दर्ता गराएका हुन् । सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए ।
गत निर्वाचनमा म्याग्दीबाट नेपाली काँग्रेसका खामबहादुर गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’