अधिवक्ता स्वागत नेपाल झापा-२ मा राप्रपाबाट चुनाव लड्ने

२०८२ माघ ०५ सोमवार
सारांश
  • उनले नेपालमा समस्या पर्दा विदेशीको मुख ताक्न नपर्ने अवस्था निर्माण गर्ने हो भने यो चुनाव अगाडि नै सबै राजनीतिक शक्तिहरुको बीचमा नयाँ समझदारी कायम गरेर चुनावमा जानुपर्ने बताए ।

अधिवक्ता स्वागत नेपालले झापा क्षेत्र नं. २ का लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन् । 

 

उक्त घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास नदिने बताए ।

 

उनले नेपालमा समस्या पर्दा विदेशीको मुख ताक्न नपर्ने अवस्था निर्माण गर्ने हो भने यो चुनाव अगाडि नै सबै राजनीतिक शक्तिहरुको बीचमा नयाँ समझदारी कायम गरेर चुनावमा जानुपर्ने बताए ।

 

उनले भने, ‘यही संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास दिँदैन भनेर हामीले निरन्तर रुपमा भन्दै आएका छौं । त्यो कुरामा हामी अहिले पनि अडिक छौं । हामीले यो सरकार र सम्बन्धीत सबैलाई निरन्तर रुपमा भन्दै आइरहेका छौं की देशलाई दिर्घकालिन शान्ति, स्थायित्व प्रदान गर्ने र फेरी भविष्यमा कसैले विद्रोह गर्नुपर्ने परस्थिती आउन नदिने र नेपालको निर्णायकत्व नेपाली जनताको हातमै राख्ने र नेपालमा समस्या पर्दाखेरी विदेशीको मुख ताक्न नपर्ने अवस्था निर्माण गर्ने हो भने यो चुनाव अगाडि नै सबै राजनीतिक शक्तिहरुको बीचमा नयाँ समझदारी कायम गरेर चुनावमा जानुपर्छ भनेर हाम्रो धारणा कायम नै छ ।’

 

यसैगरी अधिवक्ता स्वागत नेपालले देशलाई साँच्चै बचाउने हो भने हिन्दु, बौद्ध, किरात, सनातन धर्मको रक्षा अबको आवश्यकता भएको बताए छन्। उनले नागरिकहरु जुनसुकै पार्टीमा भएपनि, कुनै पार्टीमा नभए पनि यो देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ नभएको बताएका हुन्।  

 

उनले भने, ‘अहिले देशविरोधीहरु मिलेका मिले छन् । देशभक्त राष्ट्रवादीहरु चाँही फुटेको फुटे जस्तो देखिँदै थियो अब त्यस्तो रहेन । धेरै दलहरु छैनन् । सडकमा मान्छेहरुसँग कुरा गर्नुस् उहाँहरुले अहिले तपाईं कुन पार्टीको भनेर सोध्दैनन् । एकअर्कामा कुरा गर्दैनन् । यो दलाल विदेशीहरुले चलाएको गणतन्त्रको पक्षधर हो की तपाईं देशभक्त राष्ट्रवादी राजसंस्थावादी हो भनेर सोध्छन् । तपाईं कुन पार्टीको हो भन्ने सोध्ने कुरा कुनै समय थियो । देशलाई विदेशीहरुको पञ्जामा पुर्याइयो । अब देशलाई साँच्चै बचाउने हो भने राष्ट्र एक्यबद्धताको आधार राजसंस्था हिन्दु, बौद्ध, किरात, सनातन धर्मको रक्षा अबको आवश्यकता हो भन्ने नागरिकहरु जुनसुकै पार्टीमा भएपनि, कुनै पार्टीमा नभए पनि यो देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार