योगेश भट्टराईले दर्ता गराए उम्मेदवार छनौटको निर्णयमा फरक मत
२०८२ माघ ०४ आइतवार
- शनिबार बसेको सचिवालय बैठकमा फरक मत राखेका भट्टराईले पार्टी नेतृत्वले १औँ महाधिवेशनको प्रतिस्पर्धा गरेकाहरुलाई किनारा गरिएको उल्लेख गरेका छन् ।
काठमाडौं: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटप्रति असन्तुष्टि व्यक्त गर्दै फरक मत पार्टी कार्यालयमा दर्ता गरेका छन् । भट्टराईले आइतबार पार्टी कार्यालय च्यासलमा आफ्नो फरक मत दर्ता गराएका हुन् ।
शनिबार बसेको सचिवालय बैठकमा फरक मत राखेका भट्टराईले पार्टी नेतृत्वले १औँ महाधिवेशनको प्रतिस्पर्धा गरेकाहरुलाई किनारा गरिएको उल्लेख गरेका छन् । त्यस्तै उनले उमेदवार छनोट गर्दा मापदण्ड नबनाएको, पार्टीको निष्ठाभन्दा पनि टिकट वितरणमा नेतृत्वको पक्षधरतालाई प्राथमिकता दिइएको आरोप लगाएका छन् । उनले उम्मेदवार छनौटमा कार्यकर्तामाथि अन्याय भएको विषय पनि आफ्नो फरक मतमा उठाएका छन् ।
शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवार टुंगो लगाएको छ । उपमहासचिव भट्टराईसहित कैयौं सिट अहिलेसम्म 'होल्ड' गरिएको छ । ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलसहितका नेताहरुलाई टिकट दिइएको छैन । पोखरेल पक्षबाट प्रतिष्पर्धा गरेका गोकर्ण विष्टलाई मात्र टिकट दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’