निर्वाचन आयोगलाई मोहन बस्नेतको चेतावनी: 'संविधान विपरीत निर्णय गरे परिणाम गम्भीर हुने'
२०८२ माघ ०२ शुक्रवार
- आयोगले गर्ने निर्णय नेपालको संविधान र नेपाली कांग्रेसको विधान अनुसार हुनुपर्नेमा जोड दिए।
काठमाडौँ: नेपाली कांग्रेसका नेता मोहन बस्नेतले निर्वाचन आयोगले गर्ने निर्णयका कारण मुलुकको निर्वाचन प्रक्रिया नै विथोलिन सक्ने भन्दै चेतावनी दिएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले आयोगले गर्ने निर्णय नेपालको संविधान र नेपाली कांग्रेसको विधान अनुसार हुनुपर्नेमा जोड दिए।
बस्नेतले भने, "आयोगले यदि संविधान र पार्टीको विधान विपरीत कुनै निर्णय गरेमा र त्यसले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेमा त्यसको पूर्ण जिम्मेवारी निर्वाचन आयोग र सरकारले लिनुपर्छ। कसैको दबाब, प्रलोभन वा स्वार्थमा लागेर गलत निर्णय गरिए त्यो राज्यकै लागि दुर्भाग्यपूर्ण हुनेछ।"
नेता बस्नेतले निर्वाचन आयोगले सबै तथ्यहरूको अध्ययन गरेर शेरबहादुर देउवा सभापति र पूर्ण बहादुर खड्का कार्यवाहक सभापति रहेको समूहलाई नै आधिकारिकता दिने र 'रुख' चिन्ह तथा 'चार तारा' सुम्पिनेमा आफूहरू विश्वस्त रहेको बताए। उनले राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि शक्तिले यसमा चलखेल गरे त्यसको परिणाम नराम्रो हुने संकेत समेत गरे।
यसै क्रममा, नेपाली कांग्रेसका अर्का नेता गगन थापाले आफूलाई 'भावी मन्त्री' को रूपमा प्रस्तुत गरेको विषयमा पत्रकारले सोधेको प्रश्नमा बस्नेतले कडा व्यङ्ग्य गरे।
गगन थापाको घोषणालाई बाल्यकालको एउटा प्रसङ्गसँग तुलना गर्दै बस्नेतले भने, "हामी सानो छँदा गाउँमा काठमाडौँबाट आएका गाडीहरू देख्थ्यौँ। ती गाडी चढ्न असाध्यै मन लाग्थ्यो। गाडी चढ्न नपाएपछि हामी आफैँ काठको गाडी बनाएर गुडाउँथ्यौँ, तर केही बेरमै त्यसको पाङ्ग्रा खुस्किन्थ्यो र हामी चौरमा लड्थ्यौँ।"
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’