राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्धको उजुरीमाथि आज र भोली छानबिन हुने

२०८२ पुष २५ गते शुक्रवार
सारांश
  • आयोगले उम्मेदवारीविरुद्ध विहिबार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको विरुद्ध उजुरी दिन सकिने जानकारी दिएको थियो ।

काठमाण्डौ, २५ पुष । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएकोमा आज र भोली उम्मेदवारविरुद्ध परेका उजुरी बारे छानबिन हुने कार्यतालिका रहेको छ ।

 

बुधबार भएको उम्मेदवारी दर्तामा सात प्रदेशका विभिन्न क्लस्टरमा ४४ जनाले उम्मेदवारी दिएका थिए । जस मध्ये लुम्बिनी प्रदेशबाट नेपाली काँग्रेसबाट उम्मेदवार बनेका वासुदेव घिमिरेविरुद्ध उजुरी परेको छ । अपाङ्ग कोटाबाट उम्मेदवार बनेका जंगलीविरुद्ध उजुरी परेको हो । उनकै पदका प्रत्याशी नेपाली कम्युनिस्ट पार्टीका सजन विकले अपाङ्ग नभई नक्कली परिचय पत्र बनाइएको भन्दै उजुरी गरेका हुन् ।

 

आयोगले उम्मेदवारीविरुद्ध विहिबार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको विरुद्ध उजुरी दिन सकिने जानकारी दिएको थियो ।  

 

अब आयोगले आज र भोली उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिन सक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार