- ५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र ३ जना सांसद राष्ट्रपतिबाट मनोनीत गरी ५९ जना सांसद हुने व्यवस्था संबिधानले गरेको छ ।
काठमाण्डौ, २४ पुष । राष्ट्रिय सभाको रिक्त हुन लागेका १९ मध्ये १८ सांसदका लागि बुधबार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये कोसी प्रदेशमा ५, मधेसमा ११, बागमतीमा ६, गण्डकीमा ६, लुम्बिनीमा ८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाले उम्मेदवारी दिएका छन् ।
यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गरेका छन् । तालमेल पछि काँग्रेसले ९, एमालेले ८ र जसपा नेपाल (लोसपा) ले एक सिटमा उम्मेदवारी दिएका छन् । यो तालमेलपछि सबै सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने निश्चित जस्तै रहेको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र ३ जना सांसद राष्ट्रपतिबाट मनोनीत गरी ५९ जना सांसद हुने व्यवस्था संबिधानले गरेको छ ।
यस निर्वाचनपछि राष्ट्रिय सभाको समीकरण बदलिने भएको छ । हालसम्म राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहित १८ सांसदसहित माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल छ । माओवादी केन्द्रसँग एकता गरेको नेकपा एकीकृत समाजवादीसँग हाल ८ सांसद छन् । दुवै दलसहितका वाम घटक मिलेर हाल नेपाली कम्युनिस्ट पार्टी बनेको छ । जससँग राष्ट्रपतिले मनोनित बामदेव गौतमलाई जोड्दा २७ सांसद छन् ।
दोस्रो रहेको कांग्रेससँग १६ जना सांसद छन् भने एमाले ११ सांसद छन् । यस्तै जसपा नेपालसँग तीन, लोसपासँग एक र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाइ सांसद रिक्त हुन्छन् । यसपटक मनोनीत सांसद वामदेव गौतमसहित १९ जनाको पद रिक्त हुँदैछ ।
यसपटक एमालेका ८,नेकपा (माओवादी केन्द्रका ७, नेकपा एसका १ र बामदेव) ९ जना, जसपा नेपाल १, लोसपा १ सांसदको कार्यकाल सकिदैछ । तर, कांग्रेसबाट सांसद रहेका १६ जनामध्ये सबैको कार्यकाल बाँकी रहेको छ । नयाँ निर्वाचनपछि काँग्रेसका ९ जना नै विजयी भएमा काँग्रेसका २५ सांसद हुने छन् र राष्ट्रिय सभामा ठुलो दल बन्ने देखिएको छ । त्यस्तै नेकपालाई ९ सिट नोक्सान हुदा १७ सिटमा खुम्चिने छ ।
अर्कोतर्फ एमालेको ११ सिटबाट आठ सिट घटेर आठै थपिँदा समान अवस्थामा रहने छ । जसपा नेपालले भने एक सिट गुमाउने छ। तर, लोसपा र जसपा मिलेर बन्ने नयाँ दलको राष्ट्रिय सभामा ३ सिट हुनेछ ।
काँग्रेस र एमाले मिलेर अगाडी बढ्ने संकेत देखिएकाले राष्ट्रिय सभामा दुवैको जोड्दा स्पष्ट बहुमत हुने देखिएपछि राष्ट्रिय सभा दुवै दलको नियन्त्रणमा हुने भएको छ ।
वामदेव गौतमको ठाउँमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदपूर्ति गर्नेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।