काँग्रेसलाई प्रदीप ज्ञवालीको सुझाव- लोकतन्त्र र संविधानको रक्षाका लागि आन्तरिक समस्या समाधान गर्नेछ !
२०८२ पुष १९ शनिवार
- सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्ने उल्लेख गरेका छन् ।
काठमाडौँ: विभाजन उन्मुख देखिएको नेपाली काँग्रेसलाई नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विगतमा एमाले र काँग्रेस बिभाजन हुदा मुलुकको लोकतन्त्रले चुकाएको मुल्य सम्झाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखे भोगेका छौँ- २०५४ मा भएको नेकपा ( एमाले) विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो भन्ने तथ्यका रूपमा, र २०५९ मा भएको नेपाली काँग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थका रूपमा ।'
नेता ज्ञवालीले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त भएको बताएका छन् । उनले भनेका छन्- 'आशा गरौँ- लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गंभीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।