नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
२०८२ पुष १६ बुधवार
- उनले राप्रपाको प्राथमिकता सांसद र मन्त्री बन्नको लागि मात्र नरहेको स्पष्ट पारे ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ पार्टीहरुबीचको एकताप्रति कडा आलोचना गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहबीचको एकताप्रति लक्षित गर्दै कहाँबाट उठ्ने कति भोट ल्याउने भन्ने प्रष्ट नभई पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसकेको बताए ।
उनले कांग्रेस, एमाले जस्ता ठूला दलका नेताहरु आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको भन्दै अविचलित पार्टी राप्रपा बाहेक अरु नभएको दाबी गरे । उनले भने,‘कांग्रेस एमाले जस्ता नेताहरु डिफेन्सिफ भएको छन् । रक्षात्मक भएर आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको छन् । माओवादी त नामै फेरेर हिँडिसक्यो । नयाँ पार्टीहरु अघिल्लो दिन के भनेर हिँडेका थिए । अर्को राति के भएर कस्ले जोड्दियो । अब जोडिएर के गर्ने भन्ने पनि छैन । को कहाँबाट उठ्ने कति भोट ल्याउने भन्ने छैन, प्रधानमन्त्रीको दलाली पार्टीभित्र सुरु भइसक्यो । सिद्धान्त विचार स्पष्ट छैन । यस्तो बेला अविचलित पार्टी र शक्ति राप्रपा बाहेक अरु छैनन् ।
त्यस्तै उनले सर्वपक्षिय सहमति गरेर देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर आफूहरुले धारणा राखिरहेको अवस्थामा जबरजस्ती मुलुक चुनाव तर्फ होमिएको बताउँदै यो निर्वाचनलाई राप्रपाले आन्दोलनको हिस्साको रुपमा प्रयोग गर्ने धारणा राखे ।
उनले भने, ‘सर्वपक्षिय सहमति गरेर देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले निरन्तर रुपमा भन्दै आयौं । तर अहिले जबरजस्त मुलुक चुनाव तर्फ होमिएको छ । यस्तो बेला प्रजातन्त्र पार्टीको जिम्मेवारी छ कि यो निर्वाचनलाई आन्दोलनको हिस्साको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।’
उनले राप्रपाको प्राथमिकता सांसद र मन्त्री बन्नको लागि मात्र नरहेको स्पष्ट पारे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।