- उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए ।
काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले बलियासँग लड्नको लागि दुब्लाले एकता नै गर्ने भन्दै विशाल एमाले देखेपछि कुखुरा, बाख्राको मोर्चा बनेको बताए ।
उनले भने, ‘यसो हेर्दा विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ, उसँग पनि मिलौं भन्या छ । विशाल एमालेसँग भीड्नु छ अनि मिलौं भनिएको छ । कुखुरा र बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको शिकार हुन्छ र ? प्रतिस्पर्धा हुन्छ ? दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नको लागि दुब्लाले गर्ने नै एकता हो, आज पनि एउटा एकता हुन्छ राति सम्ममा, भोलि पनि हुन्छ ।’
यस्तै, उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए ।
उनले भने, ‘महाधिवेशनले अर्को एउटा अवसरमा जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरेको छ । त्यो भनेको देशमा को लोकप्रिय छ भन्ने अलिकति चर्चा निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला वा बैशाखमा होला वा अर्को मंसिरमा होला हामी पर्खिरहेका छौं ।’
महाधिवेशले जसरी धेरै कुराहरुको जवाफ दिएको थियो त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने भन्दै त्यसका लागि तयार छौ भन्ने कुराको सन्देश पनि महाधिवेशले दिएको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।