राष्ट्रिय सभाको अधिवेशन तत्काल आव्हान गर्न काँग्रेसको माग

२०८२ पुष १० विहिवार
सारांश
  • राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने माग गर्ने निर्णय गरेको हो ।

काठमाडौँ: नेपाली काँग्रेसले राष्ट्रिय सभाको अधिवेशन तत्काल आव्हान गर्न माग गरेको छ  ।

 

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने माग गर्ने निर्णय गरेको हो ।

 

कांग्रेसले देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार