युवाको आचरण र अनुशासन नै देशको ठूलो चुनौती : ओली

२०८२ पुष १० विहिवार
सारांश
  • बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा गलत प्रवृत्ति बढ्दै गएको उल्लेख गरे ।

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको प्रमुख समस्या युवाले सही कुरा बुझ्ने, सही आचरण अपनाउने र आफूलाई सही ढङ्गले प्रस्तुत गर्ने विषयसँग जोडिएको बताएका छन् ।

 

बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा गलत प्रवृत्ति बढ्दै गएको उल्लेख गरे । उनले देशका केही चर्चित व्यक्तिहरू नै नशामा भेटिने गरेको भन्दै त्यसलाई सामान्यीकरण गर्न खोजिएकोप्रति चिन्ता व्यक्त गरे ।

 

उनले भने, ‘आज देशको एउटा के समस्या हो भने युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढङगले आफुलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । त्यो समस्यालाई हाम्रो पङ्क्तिले आदर्शको रुपमा देखायो, देशका चर्चित भनेका मान्छेहरु नशामा भेटिन्छन् । चर्चामा बेस्सरी ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छ ।’

 

तर, एमाले महाधिवेशनमा खटिएका युवाहरूले अनुशासन, मर्यादा र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको उनले बताए । ‘हाम्रा युवाहरूमा कुनै पनि प्रकारको दुव्र्यसन देखिएन, यो हाम्रो पङ्क्तिले देखाएको आदर्श हो ।’ ओलीले भने ।

 

उनले आफ्नो भनाइ मन नपरेर इख मान्दै दुव्र्यसनमा लागेकाहरूले यदि त्यस्तो व्यवहार त्यागेमा आफूलाई अत्यन्त खुसी लाग्ने बताए । युवाहरूको सकारात्मक आचरण र अनुशासनले नै देशको भविष्य सुरक्षित हुने उनको भनाइ थियो ।

 

अध्यक्ष ओलीले नेपाल बहुलतामा आधारित समाज भएको उल्लेख गर्दै बहुलता र विविधता देशको सामाजिक मात्र नभई भौगोलिक, प्राकृतिक र जैविक यथार्थसमेत भएको बताए । ‘हामी बहुलतामा छौं, बहुलता र विविधता हाम्रो भौगोलिक यथार्थ हो, प्राकृतिक यथार्थ हो र जैविक वनस्पतिको पनि यथार्थ हो ।’ उनले भने ।

 

उनका अनुसार यही विविधताले नेपाललाई विश्वले ‘इकोसिस्टम’को सबैभन्दा सुन्दर नमुनामध्ये एकका रूपमा चिन्ने आधार दिएको छ । यो केवल सामाजिक पक्षमा मात्र सीमित नभई विभिन्न प्रकारका इकोसिस्टम, सुप्रबन्ध, सुव्यवस्था र विविधताभित्रको एकता नेपालको विशेषता भएको उनले बताए ।

 

अध्यक्ष ओलीले विविधतामा आधारित यही एकतालाई खलबलाउने प्रयास भए त्यसले देशलाई नकारात्मक असर पार्ने चेतावनीसमेत दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार