देउवा र ओलीबीच भेटवार्ता

७ पुष, २०८२, सोमवार
सारांश
  • सोमबार काठमाडौँको महाराजगन्जमा भएको भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 

सोमबार काठमाडौँको महाराजगन्जमा भएको भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ  ।

 

कांग्रेस र एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालतमा गएको अवस्थामा भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 कांग्रेस र एमालेले विघटित प्रतिनिधि सभाका सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला देउवा र ओलीको भेट भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार