महाधिवेशन नगरी काँग्रेस चुनावमा जाँदैन, नियमित नभए विशेष महाधिवेशन गर्छौं- गगन थापा
२०८२ पुष ०७ सोमवार
- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन समयमा हुन नदिने क्रियाकलाप भएको बताएका छन् ।
काठमाण्डौ, ७ पुष । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन समयमा हुन नदिने क्रियाकलाप भएको बताएका छन् ।
सोमबार काँग्रेस कार्यकर्तासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अहिले क्रियाशील सदस्यता समयमा नबुझाउने र ढिलो गर्ने काम भइरहेको महसुस आफुले गरेको बताएका छन् ।
थापाले महाधिवेशन समयमा गर्न अलमल गरेमा देशभरबाट काँग्रेस कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनमा जाने चेतावनी दिएका छन् । उनले महाधिवेशनको विकल्प नभएको भन्दै महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभएर पार्टीलाई बदल्ने विषय पनि भएको बताएका छन् ।
महामन्त्री थापाले महाधिवेशन बिना काँग्रेस निर्वाचनमा नजाने स्पष्ट गर्दै नियमति महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर मात्र निर्वाचनमा जाने स्पष्ट गरेका छन् ।
महामन्त्री थापाले अर्को प्रसंगमा फागुन २१ को निर्वाचनको विकल्प नभएको भन्दै जिते पनि हारे पनि निर्वाचनमा जानुपर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’