एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
२०८२ मङ्सिर २७ शनिवार
- नले एनपीलको सफल आयोजनाका लागि आयोजक, खेलाडी, सुरक्षाकर्मी र खेलप्रेमी सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छन्।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन् ।
उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टोलीलाई शुभकामना दिँदै यस प्रतियोगिताले सिंगो देशलाई जिताएको र जगाएको उल्लेख गरेकी छन् ।
उनले एनपीलले सारा नेपालीलाई एउटै भावनामा जोड्न सफल भएको बताउँदै, सुरक्षा सम्बन्धी आशंका चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर पुगेको उल्लेख गरेकी हुन् ।
उनका अनुसार खेल केवल जित–हारमा सीमित नभइ राष्ट्रिय एकता, आत्मविश्वास र सम्भावनाको प्रतिक बनेको छ । उनले एनपीलको सफल आयोजनाका लागि आयोजक, खेलाडी, सुरक्षाकर्मी र खेलप्रेमी सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।