एमालेको सचिवालय बैठक च्यासलमा शुरु

२०८२ मङ्सिर २६ शुक्रवार
सारांश
  • शनिबारदेखि हुने पार्टीको ११औं महाधिवेशन अघिको यो अन्तिम सचिवालय बैठक बसेको हो ।

काठमाडौ :नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सचिवालय बैठक बोलाइएको हो । 

 

शनिबारदेखि हुने पार्टीको ११औं महाधिवेशन अघिको यो अन्तिम सचिवालय बैठक बसेको हो । बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मनोनीत गर्ने, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको विधि बारे छलफल गर्ने लगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटीले १०८ प्रतिनिधि मनोनित गर्ने बताइएको छ । 

 

एमालेले केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधनको तयारी गरेको छ । धेरै आकांक्षी देखिएपछि भदौमा सम्पन्न विधान महाधिवेशनले १५ बनाएको पदाधिकारीलाई १९ पुर्याउने र २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउने तयारीमा एमाले रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार