- महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटल, रेष्टुरेन्ट एवम पार्टी प्यालेसहरुमा प्रतिनिधिहरुको भीडभाड देखिन्छ ।
काठमाडौँ : नेकपा (एमाले) पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ ।
महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटल, रेष्टुरेन्ट एवम पार्टी प्यालेसहरुमा प्रतिनिधिहरुको भीडभाड देखिन्छ ।
भोलिदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।
विभिन्न नेता तथा कार्यकर्ताहरू आफ्नो उम्मेदवारको पक्षमा खुल्न थालेपछि पार्टी कार्यालयदेखि विभिन्न काठमाडौंका होटलहरुमा चुनावी भेला भइरहेका छन् । योसँगै चुनावी माहौल तातेको छ ।
नेता ठाकुर गैरेका अनुसार २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोहपछि २८ गतेदेखि भृकुटीमण्डपमा बन्द–सत्र सुरु हुनेछ । बन्द–सत्रमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन र नयाँ केन्द्रीय कमिटीको निर्वाचन प्रमुख कार्यसूची हुने जानकारी उनले दिए । शनिबार ११ बजे सल्लाहघारीमा उद्घाटनको योजना बनाइएको छ ।
यता, पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएपछि प्रतिनिधिहरु झुम्मिएका छन् । कार्यालय परिसरमा नाचगान समेत चलिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।