केपी ओलीले एमालेलाई बदनाम गराएः अरबिन्द्र सिंह

२०८२ मङ्सिर २४ बुधवार
सारांश
  • ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे ।

काठमाडौं: नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बदनाम गराएको बताएका छन् ।


बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौँ आयोजित अन्तर संवादमा उहाँले ओलीले पार्टीलाई बद्नाम गरेको बताए । केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताए । उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए । ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे ।


उनले एकनाथ ढालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद हुन मिल्ने पर्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको बताए । अब एमालेको नेतृत्व फेर्नुको विकल्प नरहेको भन्दै महाधिवेशनका प्रतिनिधिले विवेकपूर्ण निर्णय लिनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार