मोरङ-३ बाट नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा सर्वसम्मत
२०८२ मङ्सिर २२ सोमवार
- यो सर्वसम्मत निर्णयले मोरङ-३ मा उनको बलियो पकड र स्वीकार्यता देखाएको छ।
काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्।
क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेसँगै डा. शर्मा नेपाली कांग्रेसको उम्मेदवारका लागि सिफारिस हुने नेपालभरका नेताहरूमध्ये पहिलो बनेका छन्।
यो सर्वसम्मत निर्णयले मोरङ-३ मा उनको बलियो पकड र स्वीकार्यता देखाएको छ।
कांग्रेस केन्द्रले यसअघि प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित अधिकतम तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो।
यद्यपि, मोरङ-३ मा डा. शर्मा बाहेक अन्य कुनै नेताले उम्मेदवारीमा दाबी पेस नगरेपछि क्षेत्रीय समितिले उनको एकल नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’