- राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले आयोगमा दल दर्ताको जानकारी दिदै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट भएको भन्दै जिम्मेवार र प्रजातान्त्रिक दल भएकाले दल दर्ता गरेको जानकारी दिएका छन् ।
काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले आयोगमा दल दर्ताको जानकारी दिदै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट भएको भन्दै जिम्मेवार र प्रजातान्त्रिक दल भएकाले दल दर्ता गरेको जानकारी दिएका छन् ।
उनले भनेका छन्- 'यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’