संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ

२०८२ कार्तिक ३० आइतवार
सारांश
  • आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं :बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् । उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

 

आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् ।

 

‘संविधानको लामो अभ्यास गर्दै जाँदा यहाँभित्र पनि कमीकमजोरी छ कि यो संविधान पनि संशोधन गर्नुपर्छ कि, शासकीय स्वरुप, निर्वाचन प्रणाली विभिन्न कुराहरु उठेका छन् । त्यसकारण यी विषयमा र संघीयताको बारेमा अन्तरसंवाद गरेर मुलुकलाई निकाश दिनुपर्छ । साथै अब आउने निर्वाचनमा हालका सबै विषयमा खुलेर मनमा कुण्ठा नराखिकन देश र जनताको पक्षमा काम गर्न चाहान्छौ,’ उनले भने ।

 

उनले जनताको अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भएपनि व्यवस्था मात्र परिवर्तन भएको पनि बताए । उनले नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विश्वभरकै उत्तम भएको समेत बताए ।

 

उनले भने, ‘अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए तर जतनाको अवस्था परिवर्तन नभएको व्यवस्था मात्र परिवर्तन भयो । यो अवस्था परिवर्तन गर्न नेतृत्वभित्र मन, वचन, कर्म शुद्ध भएर जनताको सोझौ चिताएर निष्ठावान भएर सपथ खाए जसरी काम गर्नुपर्छ संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थमा प्रतिनिधि पात्र परिवर्तित हुन्छन् । यो व्यवस्था भित्र चित्त बुझेन भने मन लागेको व्यक्ति, दल बदल्न सकिन्छ यो भन्दा उत्तम व्यवस्था अरु छैन ।’

 

हालको संविधानले सबै धर्म, संस्कृति, सस्कार र सबै वर्ग, समुदायलाई समेटेको उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार