हामी निर्वाचनमा जान तयार छौं तर सरकार तयार छैन्: सन्तोष परियार
२०८२ कार्तिक २५ मङ्गलवार
- मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन ः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको भन्दै त्यसको लागि पनि यो निर्वाचनमा जानु पर्ने बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन ः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको भन्दै त्यसको लागि पनि यो निर्वाचनमा जानु पर्ने बताए ।
उनले भने, ‘निर्वाचन कसले जित्छ त्यो ठूलो कुरा होईन त्यो निर्वाचनले कुन आशालाई स्थापित गर्छ र कुन नयाँ दृष्टिकोण ल्याउँछ त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अबको निर्वाचनमा को जित्ने र हार्ने ठूलो कुरा होइन । समाजलाई नयाँ आशा कसले दिन्छ र हाम्रा सामाजिक मुद्दाहरुमा नयाँ दृष्टिकोण कसले दिन्छ भन्ने कुरा महत्वपूर्ण हो । त्यसकारण पनि यो निर्वाचनमा हामी जानुपर्छ ।’
यस्तै, उनले जानेर वा नजानेर, चाहेर वा नचाहेर जुन किसिमले संविधानलाई क्षत विक्षत बनाइएको छ, जुन किसिमको लोकतान्त्रिक पद्धतीलाई अप्ठयारोमा पारिएको छ । त्यसलाई ठाँउमा ल्याउनको लागि पनि निर्वाचनमा जानुपर्ने बताए ।
सरकारले नै निर्वाचन गर्न नचाहेको हो कि भन्ने महशुस भइरहेको भन्दै रास्वपा र व्यक्तिगत तर्फबाट सरकार आफंै निर्वाचन विरोधी कुराहरु नगर्न आग्रह गरेका छन् ।
साथै, उनले आफू लोकतन्त्रमा विश्वास गर्ने, लोकतन्त्रलाई संस्कृति बनाउनुपर्छ भन्ने व्यक्ति भएको भन्दै आफूले गर्ने हरेक कामहरु लोकतन्त्रभन्दा बाहिर नजाने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।