अमेरिकाले बालेन र सुदन जस्ता पात्र जन्मायो: चौलागाईं

२०८२ कार्तिक २५ मङ्गलवार
सारांश
  • नेकपा एमाले रामेछाप सुनापति गाउँपालिका कमिटीले मङ्गलवार साँदीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै चौलागाईँले नेपालमा स्थिरता हुन नदिने शक्तिले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता र स्थायित्व दिन लागेपछि त्यसलाई भाँड्न सो घटना गराएको बताए ।

रामेछाप :नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमा अस्थिरता मच्चाउन चाहने शक्तिले भदौ २३ र २४ को घटना गराएको बताएका छन्  ।

 

नेकपा एमाले रामेछाप सुनापति गाउँपालिका कमिटीले मङ्गलवार साँदीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै चौलागाईँले नेपालमा स्थिरता हुन नदिने शक्तिले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता र स्थायित्व दिन लागेपछि त्यसलाई भाँड्न सो घटना गराएको बताए ।

 

 ‘केपी ओलीको विकास प्रतिको प्रतिबद्धता र राष्ट्रियता प्रतिको समर्पण नै भदौ २३–२४ को घटनाको कारण हो, बाह्य शक्तिले यहाँका राष्ट्रवादीलाई गरिरहेका छन्, प्रहारको निशाना अहिले केपी ओली र एमाले बनेको छ’, उनले भने ।

 

चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताए  । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उहाँको धारणा छ ।

 

नेपाल कसैले धम्क्याएर धम्किँदैन भनेर शिर उठाएर कुरा गर्ने नेता केपी ओली भएका कारण उहाँ माथि यो आक्रमण भएको चौलागाईँको भनाई छ । यत्तिको आँट नेपालका राजा महाराजाहरूले समेत कहिल्यै पनि नराखेको चौलागाईँको दाबी छ ।

 

नेपालको सेना, प्रहरीलाई समेत निष्क्रिय बनाएर भदौ २३ र २४ को घटना गराइएको उनले बताए । जेनजीको सामान्य माग भित्र बारबरा फाउण्डेसन तथा तिब्बतीयन ब्लडग्रुप समेत घुसेर आन्दोलन कब्जा गरेको उनले सुनाए ।

 

ब्यारिकेट समेत नराखेर प्रहरीका उच्च अधिकारी समेत सो हिंस्रक जत्थासँग मिलेका उहाँले दाबी गरे । ‘अबोध बालबालिकाको काँधमा बन्दुक राखेर गोली पड्काइयो, बाह्य शक्तिको आडमा यो सबै षडयन्त्र भयो’, उनले भने ।

 

अहिलेको सबै घटनाक्रम जेनजीका कारण नभएको उनको दावी थियो । अहिले जो सरकारमा पुगे विदेशीको डिजाइन अनुसार उनीहरूकै योजनामा सो घटना भएको चौलागाईँको भनाइ छ ।

 

एमालेकै केही नेताहरू विदेशीसँग मिलेर केपी ओलीले पार्टी अध्यक्ष छाड्नुपर्छ भन्दै हिँडेका चौलागाईँले बताए ।

 

बाह्य षडयन्त्रबाट सो घटना भएको पर्दा खुल्दै गएपछि अहिले पार्टी बाहिरकाले समेत ओली ठिक रहेछन् भनेर भन्न लागेका उनले सुनाए । उनले पार्टीको आउने महाधिवेशनबाट ओली नै पार्टी अध्यक्ष हुनेपनि बताए  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार