जेनजी विद्रोह वर्षौंदेखि चलेको कुशासनको परिणाम होः गणेश कार्की
२०८२ कार्तिक १९ बुधवार
- बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् ।
बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए ।
उनले भने, ‘यो सबै घटना कुशासनले भएको हो । यदि सुशासन हुने हो भने यो केही पनि हुने थिएन् । त्यसकारण यो घटनाको पछाडी को छ भनेर खोजि रहनु भन्दा पनि जसले राज्य चलाई रहेका थिए, जसले सत्तामा बस्नको लागि सिन्डकेट चलाई रहेका थिए त्यो कारणले आएको हो । बारुद आफैले बनाएर बोकेर हिन्ने हो भने झिल्को त कता कताबाट आइ नै हाल्छ । अहिले नेपो बेबी, सामाजिक सञ्जाल बन्दको कुरा झिल्कोको रुपमा देखिएको मात्र हो, यदि यो नभएको भए कुनै दिन अरु कुनै झिल्को देखिन्थ्यो ।’
यस्तै, उनले जेनजी विद्रोहभन्दा सानो विद्रोह सरकारले नसुन्ने अवस्था आएको भन्दै भदौ २३ गतेको घटनापछि पनि सरकार अरुलाई दोष लगाएर आफू पन्छिननै व्यस्त रहेको बताए ।
उनले भने, ‘जुन जेनजी विद्रोह भयो त्यो भन्दा सानो विद्रोह त सरकारले सुन्दा पनि सुन्दैँन् थियो होला, भदौ २३ गते त्यती धेरै मान्छे ढालेर पनि त्यही सरकार होईन बेल्का हामीबाट केही गल्ती नै भएको छैन् भन्दै अरु माथि गल्ती थोपर्ने । त्यही भएर को हो के हो भनेर जानु भन्दा पनि हामीले जुन सुशासनको संयन्त्रहरु कमजोर बनाउदैँ गयौं, जुन कुराले लोकतन्त्रलाई बलियो बनाउथ्यो त्यसलाई पाखा लगाउदैँ गयौं ।’
लाभहानीको बारे नसोचि सबै विचार मिल्ने पार्टीहरु एकै ठाँउमा जान मिल्ने भन्दै तर पार्टी एकता गर्दा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने कुरा मुख्य हुनुपर्ने पनि उनको भनाई छ ।
उनले भने, ‘विचार मिल्नेहरु सबै एक ठाँउमा आउ, हामी सबैको विचार एउटै छ भने पदका कारण, केही व्यक्तिगत लाभहानी कसको फोटोमा कसको अनुहार देखिन्छ भन्ने कुराले हामी पछाडी नपरौं एकै ठाँउमा आउ भन्ने कुरा हो । कुन मुद्धामा विचार मिल्छ भन्ने कुरा पनि हो । त्यो भन्नाले संघीयता, गणतन्त्र र लोकतन्त्र मान्ने सबै पार्टीको सोच हो तर त्यो भन्दैमा फेरि एउटै देश एउटै भेष भनेको जस्तो पनि होईन् । सबै एउटा पार्टी बन्ने भन्ने हुदैँन् । पार्टी मिसिने कुरामा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने हो ।’
साथै, उनले लोकतन्त्र मान्ने कुनै पनि मुलुकले एकदमै विशम अवस्था बाहेक पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउछ भन्ने कल्पना गर्न पनि नसक्ने भन्दै दुई ठूला पार्टी मिलेर सरकार बनेपछि बारुदको उत्पादन त्यहाबाट नै भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।