भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्  ।

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

 

पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्  ।

 

‘जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,’ उनले भनिन् ।

 

उनले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने बताइन् ।

 

साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् ।

 

उनका अनुसार अनावश्यक रूपमा आफन्त वा नातेदारलाई प्राथमिकता दिने, कार्यालयका काममा काखापाखा गर्ने जस्ता व्यवहार पनि भ्रष्टाचारकै रूप हुन् ।

 

मन्त्री गौतमले स्वास्थ्य क्षेत्रलाई पारदर्शी र जनमुखी बनाउन सबै कर्मचारीलाई इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न आग्रह गरेकी छिन् ।

उनले भनिन्, ‘कुनै पनि कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ र प्रशासनिक रुपमा पनि हुन्छ । हामीले अनायसै रुपमा काखापाखा गर्ने कुराहरु पनि भ्रष्टाचारकै अंगहरु हुन् । त्यसकारण यस्तो चाँही नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार