सुशिला कार्की ओलीको सिफारिस र आफुहरुको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्- प्रचण्ड

२०८२ कार्त्तिक ०५ बुधवार
सारांश
  • महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सुशिला कार्की ओलीकै सिफारिसमा प्रधानमन्त्री बनेको दोहोराउदै त्यसमा आफुहरुको समर्थनमा बनेको दोहोराएका हुन् ।

महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार केपी ओलीको सिफारिसमा आफुहरुको समर्थनमा बनेको बताएका छन् ।
 

महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सुशिला कार्की ओलीकै सिफारिसमा प्रधानमन्त्री बनेको दोहोराउदै त्यसमा आफुहरुको समर्थनमा बनेको दोहोराएका हुन् ।
 

उनले ओलीले आफुले सिफारिस गरेको कुरा शुरुमा स्वीकार नगरेपनि अहिले आएर स्वीकार गरेको बताउदै ओलीले भदौं २३ गते नै राजीनामा दिएको भए २४ गतेको विध्मस हुने थिएन भन्ने दाबि गरे ।
 

प्रचण्डले घोषित मितिमै निर्वाचन गरेर जेनजीका माग सम्बोधन गरेर संबिधान संशोधन गर्नुपर्नेमा आफुहरु अडिक रहेको बताए । माओवादीको नेतृत्वमा देशमा चुनावको माहोल बन्दै गरेको भन्दै मंगलबार प्रधनमन्त्रीले बोलाएको बैठकमा समेत सबै दल चुनावमा जान तयार रहेको अभिव्यक्ति दिएको समेत उल्लेख गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार