- आइतबार पत्रकार सम्मेलन गरेर विप्लवले सरकारले जबर्जस्ति चुनाव गर्न खोजे देश सिरिया बन्ने खतरा रहेको भन्दै दलहरुलाई किनारा गरेर निर्वाचन सम्भव नभएको बताएका छन् ।
काठमाडौँ : नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले चुनाव गर्ने हो राजनीतिक दलहरुलाई सहभागी गराएर नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गरेर विप्लवले सरकारले जबर्जस्ति चुनाव गर्न खोजे देश सिरिया बन्ने खतरा रहेको भन्दै दलहरुलाई किनारा गरेर निर्वाचन सम्भव नभएको बताएका छन् । उनले हजारौं हतियार लुटिएको र कैदीहरु बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने भन्दै पहिला त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । नेपालमा अरुको इशारामा जबर्जस्ति निर्वाचन गर्ने प्रयास हुन लागेको भन्दै नयाँ सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् ।
उनले नेपालमा अमेरिका-तिब्बत-नेपाली सेना बनाएको आशंका जेनजी आन्दोलनमा काला टिसर्टधारी टिओबी समुहको उपस्थितिले देखिएको बताएका छन् । उनले नेपालमा कल्पना नै नगरिएको २ लाख-३ लाख तिब्बती शरणार्थी छन् भन्ने हल्ला गराएर टिओबीको टिसर्ट लगाएर हतियर देखाएर गरिएको प्रदर्शनले अनेक आशंका उब्जिएको बताए ।
साथै उनले जेनजी आन्दोलनपछि बृहत कम्युनिष्ट केन्द्रको आवश्यकता देखिएको भन्दै अहिले आफुहरुले माओवादी केन्द्र लगायतका दलहरुसँग यस विषयमा छलफल गरिरहेको बताए । विप्लवले अहिलेका कम्युनिष्ट पार्टीका नेतृत्वहरुले संरक्षकको भूमिकामा गएर कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा आफुहरुले जोड दिइरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’