६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छौं: प्रधानमन्त्री कार्की
३१ असोज, २०८२, शुक्रवार
- शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्री पदलाई स्वीकार गरेको भन्दै स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गरेर लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको परराष्कीट्र मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् ।
शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्री पदलाई स्वीकार गरेको भन्दै स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गरेर लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको परराष्कीट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएकी थिइन् । अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूका लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई क्रमशः साकार पार्न बाह्य मतदान प्रणालीको सम्भावनाको पनि खोजी गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन् । उनले लोकतान्त्रिक अभ्यासको पारदर्शिता र विश्वसनीयता कायम राख्न अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले निर्वाचनको यात्रामा मित्रराष्ट्रहरूको निरन्तर सद्भाव र समर्थन हुने विश्वास व्यक्त गरेकी थिइन्
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै भ्रष्टाचारका विषयमा पनि समेत विश्वसनीय, निष्पक्ष अनुसन्धान सुरु गर्ने बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।