जनमत पार्टी विभाजन प्रकरण :  सिके राउतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

३१ असोज, २०८२, शुक्रवार
सारांश
  • शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतद्वारा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै हालसम्म भएका सबै निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो  ।

सर्लाही: सर्वोच्च अदालतले जनमत पार्टी विभाजनसम्बन्धी विवादमा अध्यक्ष सिके राउतको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

 

शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतद्वारा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै हालसम्म भएका सबै निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो  ।

 

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतले अन्तरिम आदेशमाथि छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको जानकारी दिएका छन् । यसका लागि कात्तिक १७ गतेको मितिमा सुनुवाइ तोकिएको छ ।

 

जनमत पार्टीभित्र उत्पन्न आन्तरिक विवादपछि दीपक साह नेतृत्वको समूहले पार्टी फुटाएर ‘जनस्वराज पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गराएको थियो । राउतले सो कदमलाई अवैध भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार